काठमाण्डौं— जिल्ला प्रहरी कार्यालय सप्तरीले ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

ड्युटीमा रहेका प्रहरीहरू मोबाइलमा लामो समय गफिँदै बस्ने, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा व्यस्त रहने गुनासो बढेपछि सप्तरी प्रहरीले यस्तो निर्णय गरेको हो।

नयाँ निर्देशिका अनुसार अब ड्युटीमा खटिएका बेला कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन पाउने छैनन्। कमान्डरले पनि अत्यावश्यक परेमा मात्र ड्युटीसम्बन्धी कामका लागि मोबाइल प्रयोग गर्न सक्नेछन्

सप्तरी प्रहरीले मोबाइल प्रयोगका कारण सुरक्षा निगरानी प्रभावकारी हुन नसकेकोध्यान मोबाइलतर्फ मोडिँदा प्रहरी स्वयं असुरक्षित हुन सक्ने भएकाले यो निर्णय गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय