काठमाडौँ — प्रतिनिधि सभामा विचाराधीन नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई विधेयकमा एक सयभन्दा बढी संशोधन दर्ता भएका छन्।

व्यक्तिगत तथा सामूहिक गरी दुवै विधेयकमा जम्मा ११६ संशोधन दर्ता भएका छन्। नेपाल प्रहरी विधेयकमा ५२ तथा सशस्त्र प्रहरी विधेयकमा ६४ संशोधन दर्ता भएका हुन्।

प्रतिनिधि सभा विधेयक शाखाका उपसचिव त्रिविक्रम पराजुलीका अनुसार सशस्त्र प्रहरी विधेयकमा संशोधन दर्ताको समयसीमा बिहीबार साँझसम्म रहेको थियो। तोकिएको समयमा ६४ संशोधन दर्ता भइसकेका छन्।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी विधेयकमा प्रस्तावनादेखि नै विभिन्न संशोधन प्रस्ताव दर्ता भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय