
काठमाडौं – नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (एएसआई) पदका लागि आवेदन संख्या वृद्धि गरेको छ।
प्रहरी प्रधान कार्यालयले गत भदौ २८ गते प्रकाशित विज्ञापनअनुसार प्रहरी निरीक्षकका लागि ६४ जना र सहायक निरीक्षकका लागि २५६ जना को दरखास्त खुलाएको थियो।

तर, आवश्यक संख्यामा आवेदन नपरेपछि निरीक्षक पदमा १३ जना थपिँदा कूल संख्या ७७ पुगेको छ भने सहायक निरीक्षक पदमा ६० जना थपिँदा कूल संख्या ३१६ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।




