
काठमाडौं— सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत पीडितलाई साथी बनाई फकाइफुल्याई अनलाइन माध्यमबाट अश्लीलता प्रदर्शन गर्न बाध्य पार्दै स्क्रिन रेकर्ड गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नाबालिकालाई दबाबमा पारी अनुचित लाभ लिन खोजेको अभियोगमा काठमाडौं महानगरपालिका-१६, खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

पीडितको उजुरीका आधारमा साइबर ब्युरोबाट खटिएको टोलीले आयुषलाई काठमाडौं स्वयम्भूबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।



