काठमाडौंनेपाल प्रहरीको नेतृत्व एक महिनापछि फेरिने लगभग निश्चित भएको छ। संसदमा दर्ता भएको प्रहरी विधेयकमा ३० वर्षे सेवाहद हटाउने प्रावधान भए पनि विधेयक तत्काल पास हुने सम्भावना छैन।

विधेयकमा ३० वर्षे सेवाहद हटेको वर्ष अवकाश हुने अधिकारीको पदावधि ६ महिना थप गर्ने व्यवस्था छ। यदि ५ चैतअघि विधेयक पारित भएको भए, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको कार्यकाल थपिन सक्थ्यो। तर, विधेयक गम्भीर विवादमा परिसकेको कारण अब ५ चैतमा नेपाल प्रहरीले नयाँ आईजीपी पाउने सम्भावना बलियो बनेको छ।

प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाशअघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्।

तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ।

५ चैतमा को बन्नेछन् नेपाल प्रहरीका नयाँ आईजीपी?

उनको अवकाशको मिति नजिकिदै गर्दा प्रहरीमा नयाँनेतृत्वका लागि संघर्ष सुरु भइकसेको छ।नयाँ नेतृत्वकालागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)बिचप्रतिस्पर्धा छ ।

जसमा दिपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ छन् ।एआइजी थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत छन् भने गिरी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा रतामाङ अपराध अनुसन्धान विभागमा कार्यरतछन् ।

उनीहरुमध्ये थापालाई नै भावी आईजीपीका रुपमा हेरिएको छ । कार्यक्षमतामा पनि अब्बल रहेका थापाको सबै राजनीतिक दलको नेतृत्वसँग सुमधुर सम्बन्ध रहेकाले पनि उनलाई सबैभन्दा बलिया दाबेदार मानिएको छ ।

एआइजी गिरीको पनि कांग्रेस नेताहरुसँग घनिष्ट सम्बन्ध छ। उनी त्यही सम्बन्ध प्रयोग गर्ने प्रयासमा छन् । एआइजी तामाङ भने खासै लबिइङमा लागेका छैनन् ।

अहिलेकै प्रावधान अुनसार उनीहरुमध्ये बाट ६ महिनाका लागि आईजीपीमा नियुक्त हुनेछन् ।अर्कोतर्फ ३० वर्षेसेवाहद हटाउने सम्बन्धि प्रहरी ऐनको मस्यौदा पनि मन्त्रिपरिषद् पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय