काठमाडौं – ट्राफिक प्रहरीले विभिन्न मितिमा हराएका २० वटा दुईपाङग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्।

ट्राफिक प्रहरीले प्राप्‍त निवेदनका आधारमा खोजी गर्दा केही सवारी साधन वास्तविक नम्बर प्लेटमै रहेको र केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला परेको थियो। ती सवारी साधन काठमाडौंको पेप्सीकोला, काँडाघारी, फर्पिङ, कालिमाटी, लैनचौर, गौशाला, धर्मस्थली, नयाँ बसपार्क र बौद्ध लगायतका स्थानबाट फेला पारिएको प्रहरीले जनाएको छ।

सोमबार हस्तान्तरण गरिएका २० वटा सवारीसहित ट्राफिक प्रहरीले साउन महिनादेखि हालसम्म ३०३ ओटा हराएका सवारी साधन धनीलाई जिम्मा लगाइसकेको छ। त्यस्तै, चोरीका ३३ वटा दुईपाङग्रे सवारी साधन फेला पारेर चोरीमा संलग्न ४८ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय