
काठमाडौं — ठमेलस्थित चर्चित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिंक्स) ले आफ्नो छैठौँ वार्षिकोत्सव ६ दिनसम्म विशेष कार्यक्रमसहित मनाउने भएको छ। क्लबले स्थापना भएको ६ वर्ष पूरा गरेको अवसरमा माघ २६, २८ र फागुन १, २, ८ र ९ गते विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने जनाएको छ।
वार्षिकोत्सवको पहिलो दिन माघ २६ गते पुर्णराई एण्ड दाजुभाई, श्रीगो एण्ड द गेन र लिसियस ले प्रस्तुति दिनेछन्। त्यसपछि माघ २८ गते कुमासागर एण्ड द ख्वपा को प्रस्तुति रहनेछ।

फागुन महिनामा पनि विशेष कार्यक्रम हुने क्लबले जनाएको छ।
• फागुन १ गते – समिर श्रेष्ठ (एफटी गुड ब्वाईज)
• फागुन २ गते – दोङ
• फागुन ८ गते – टप हन्डेट डिजे क्यूब्रीक्स
• फागुन ९ गते – कर्मा ब्यान्ड र कुटुम्ब
एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा पर्न सफल क्लब हो। यसअघि डिजे म्याग टप १०० को नोमिनेसनमा समेत परेको क्लब ४९, ५२ र ५० औं स्थान हासिल गरिसकेको छ।
डिजे म्यागले हरेक वर्ष विश्वभरका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ, जसमा एलओडी निरन्तर उत्कृष्ट स्थान हासिल गर्दै आएको छ।




