
काठमाडौं – हनी ट्रयापमार्फत फिरौती असुली गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
चितवन रत्ननगर नगरपालिका–८ की २८ वर्षीया अस्मिता आचार्य, हाल काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्दै आएकी, मंगलबार दिउँसो पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार अस्मिताले इलेक्ट्रोनिक सामान मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा बारम्बार सम्पर्क गरी नजिकिएर फिरौती असुल्ने प्रयास गरेकी थिइन्। उनले माग गरेअनुसारको रकम नदिए जबर्जस्ती करणी मुद्दामा फसाइदिने धम्की दिएकी थिइन्। प्रहरी अनुसन्धानका क्रममा उनले पीडितसँग १० लाख लिने सहमति गरेकी थिइन्, जसअन्तर्गत तीन लाख रुपैयाँ असुल गरिसकेको खुलेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई कुलेश्वरबाट पक्राउ गरेको हो।



