
डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिका–५, भीमदत्तपुरस्थित नव निर्मित प्रहरी चौकी भवन जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई हस्तान्तरण गरिएको छ।
गाउँपालिका अध्यक्ष श्री शेर सिंह पार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. श्री गणेश चन्द प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष श्रीमैना कुमारी रावल बोहरा उपस्थित हुनुहुन्थ्यो। साथै, आलिताल गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, भद्रभलादमी, संघ–संस्था तथा पत्रकार महासंघका प्रमुख एवं प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।


आलिताल गाउँपालिकाद्वारा निर्माण गरिएको उक्त दुईतले, सात कोठे कार्यालय तथा ब्यारेक भवन प्रहरी चौकी आलिताललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिनु भयो ।




