
काठमाण्डौं— सर्लाहीको ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट नक्कली भारतीय मुद्रासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारत, सीतामढी पुरान्दा राजवाडा-९ निवासी २७ वर्षीय मुकेशकुमार सोनीलाई नक्कली भारतीय नोटसहित पक्राउ गरिएको हो।
उनको साथबाट भारतीय मुद्रा पाँच सय दरको एक थान र एक सय दरका २९ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ। हाल पक्राउ परेका सोनीमाथि थप अनुसन्धान भइरहेको छ।




