काठमाडौं — नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्‌मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक का केही प्रावधानप्रति गम्भीर असहमति जनाएको छ।

महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने प्रावधानहरू समेटिएको भन्दै कडा आपत्ति प्रकट गरेको छ। महासंघका अनुसार सरकारले सरोकारवालासँग पर्याप्त छलफल नगरी नागरिकको संवैधानिक हक सीमित गर्ने व्यवस्था विधेयकमा राखेको देखिन्छ। यसबारे नागरिकस्तरबाट पनि गम्भीर प्रश्न उठिरहेका छन्।

महासंघका महासचिव रामप्रसाद दाहाल द्वारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता, मानवअधिकारका मापदण्ड, संवैधानिक प्रावधान तथा प्रचलित अभ्यास अनुरूप विधेयक परिमार्जन गर्न माग गरिएको छ। संवाद र परामर्शबिना विधेयक पारित भएमा कडा विरोध गरिने चेतावनी महासंघले दिएको छ।

महासंघले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कानुन अस्वीकार्य हुने स्पष्ट गर्दै सरकारलाई विधेयकका विवादास्पद प्रावधान पुनरावलोकन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय