काठमाण्डौं। आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत र दुबई पठाइदिने भन्दै झन्डै ८५ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–२ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने २३ वर्षीया सञ्जिता गुरुङ र तनहुँकै भीमाद नगरपालिका–१ घर भई काठमाण्डौ–६ बौद्ध बस्ने ५० वर्षीय रेशमराज लामिछाने रहेका छन् ।

सञ्जिताले बेलायत पठाइदिने भन्दै दुई जनाबाट ६० लाख ८९ हजार र रेशमराजले दुबई पठाइने भन्दै ११ जनाबाट २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सञ्जितालाई न्युरोडबाट र रेशमराजलाई बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय