
काठमाण्डौं। युवा व्यवसायी तथा एनआरएनए अभियन्ता विनय अधिकारीले चौंथो लोकदोहोरी गीत ‘तिम्लाई पिआर, मलाई देश चाहिएको’ सार्वजनिक गरेका छन्।
अधिकारीको आफ्नै युट्युव च्यानल ‘विनय अधिकारी’मार्फत उक्त गीत र भिडियो सार्वजनिक भएको हो । ‘तिम्लाई पिआर, मलाई देश चाहिएको’ बोलको गीतमा अधिकारीको आफ्नै शब्द र कृष्ण लामिछानेले संगीत दिएका छन् भने चर्चित लोकदोहोरी गायक राजु परियार र सुनिता बुढा क्षेत्रीको स्वर छ ।साथै, गीतमा विनय र स्मारिका ढकालले अभिनय दमदार गरेका छन् ।

उनले यसअघि पनि अधिकारीले थुप्रै गीत निकालि सकेका छन यस पटक पनि संगीतमा निकै मिठो र चोटिलो गीत श्रोता समक्ष ल्याएका छन् । शब्द संगीत र गायकीले निकै सुमधुर बनेको छ ।स्वच्छ प्रणय भावले ओतप्रोत भएको गीतको म्युजिक भिडियो पनि स्तरीय छ।
भिडियो—



