
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१२ बाट नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमाप्रयोग हुने ६ राउण्ड गोली, एकहजार दरको २० थान नक्कली जस्तो देखिने नोट र सानो पेस्तोलमाप्रयोग हुने ४ राउण्ड गोली सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार सितामढीका २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेकाछन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत सई सुवास यादव नेतृत्वमा खटिएको प्रहरीले भारतबाट नेपालको मधुवनीगाउँतर्फ आउँदैगरेका उनीहरूलाई उक्त हतियार र नक्कली नोट सहित फेला पारी पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




