काठमाडौं : काठमाडौं महानगरपालिकाले पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग सुरक्षा माग गरेको छ।

गत असोज २२ गते महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच भएको सम्झौताअनुसार धर्मशाला सञ्चालन र व्यवस्थापनका लागि प्रशासनसँग सुरक्षा माग गरिएको हो।

मारवाडी सेवा समितिले मोहियानी हक लाग्ने दाबी गर्दै दिनहुँ प्रदर्शन गर्न थालेपछि काठमाडौं महानगरपालिकाले प्रशासनसँग गुहार माग्नुपरेको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय