काठमाडौं। कल्पना काफ्लेको मुक्तक सङ्ग्रह “अशान्त धड्कन” मुक्तक सङ्ग्रहको आज हङकङको जोर्डन स्थित ब्लु ओसन रेस्टुरेन्टमा खचाखच उपस्तिथिमा भव्य रूपमा विमोचन भएको छ।

हङकङ साहित्यिक साझा शृङ्खलाले आयोजना गरेको कल्पना काफ्लेको मुक्तक सङ्ग्रह लोकार्पण तथा विमर्श समारोहमा उक्त संस्थाका संयोजक रमण गुरुङको सभापतित्व, हङकङका लागि नेपाली उप बाणिज्य दुत भोजकुमार भट्टराईको प्रमुख आतिथ्य, संस्थाका सल्लाहकार वरिष्ठ साहित्यकार दाजु गुरुङ, डा.विभाकर शाक्य,रीता गुरुङ,टीका गुरुङ,कल्पना काफ्लेका श्रीमान् कृष्णप्रसाद आचार्य, नेपाल वायुसेवा निगम हङकङका मेनेजरहरू सुनिल श्रेष्ठ, बिजय अधिकारी लगायतले उक्त कृतिको लोकार्पण गरेका हुन्।

हङकङ साहित्यिक साझा शृङ्खलाको आयोजनामा आयोजित उक्त कार्यक्रममा बरिष्ठ समालोचक डा अशोक थापा र जानु काम्बाङले पुस्तकको समीक्षा गरेका थिए । उक्त कार्यक्रममा साहित्यकार कमल पौडेल, पत्रकार अनोज रोक्का, बज्र थुलुङ राई लगायतका कृति उपर चर्चा गर्नाका साथै रचना वाचन गरेका थिए। हालसालै प्रकाशित अशान्त धड्कन नेपालका साथै दुबईमा पनि विमोचन भइसकेको मुक्तक सङ्ग्रह हो। कल्पनाले केही मुक्तकहरू वाचन गर्दा वान्स मोर भनेर हुटिङ गरेको दृश्य निकै लोभलाग्दो थियो । देश बाहिर मुक्तकले यसरी तहल्का मच्चाउन सक्ने कृति बनेको छ कल्पनाको अशान्त धड्कन ।


कृतिकार काफ्लेका श्रीमान् कृष्णप्रसाद आचार्यसहित उक्त कार्यक्रममा हङकङ अवस्थित सयभन्दा बढीको उपस्थिति रहेको थियो। बी एन बुक्स काठमाडौंले यो कृति प्रकाशित गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय