
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
गत ३ साउनमा पोखराबाट रोल्पा त्रिवेणी–७ का ४२ वर्षीय प्रकाश थापामगर लागु औषधसहित पक्राउ परेका थिए । ट्रुपेन (टपेन्टाडोल) नाम भएको ट्ब्याबलेट ९७ चक्कीसहित उनी पोखरा वडा नं. २, बागलुङ बसपार्कबाट पक्राउ परेका थिए । अनुसन्धानमा क्रममा प्रकाशले पोखरा ९, पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएपछि उक्त फार्मेसीका सञ्चालक श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको जिप्रका कास्कीका प्रहरी निरीक्षक अविनाश दिप जिसीले सुरक्षा सरोकारलाई जानकारी दिए ।

पोखरा वडा नं. २४ निवासी ४२ वर्षीय श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिई पक्राउ गरेर थप आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ ।
श्रेष्ठमाथि सहकारीको रकम हिनामिना गर्नेदेखि गर्भपतन गराउने नाममा अवैध धन्दा सञ्चालन गर्दै आईरहेको आक्षेप लाग्ने गरेको छ । पक्राउ परेका श्रेष्ठ २०७९ को आमनिर्वाचनमा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका र गत वर्ष ‘टेप प्रकरण’का कारण पार्टीबाट निस्कासित भएका थिए ।



