
काठमाडौं । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिका कारण ९० जना प्रहरी अधिकारीले २ हप्ता अधि एकसाथ अवकाश पाए । भदौ २६ गते एआईजी श्यामलाल ज्ञवाली पनि अनिवार्य अवकाश जानु भयो ।
यसरी हेर्दा अवकाश पाउनेमा एकजना एआईजी र प्रहरी नायव महानिरीक्षक (डीआईजी) समेत छन् ।अवकाश पाउने अन्य प्रहरी अधिकारीहरूमा १२ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), १३ जना प्रहरीउपरीक्षक (एसपी), ३१ जना नायब प्रहरी उपरीक्षक (डीएसपी) ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) थिए ।

ठूलो संख्यामा प्रहरी अधिकारीले अवकाश पाएसँगै प्रहरी प्रधान कार्यालय उनीहरूको ठाउँमा पदपूतिको तयारीमा छ । तर, तत्काल नै बढुवा प्रक्रिया भने अघि बढ्ने देखिँदैन ।प्रहरी नियमावली अनुसार, प्रहरी उपरीक्षक (एसपी) सम्मको बढुवा अधिकार प्रहरी महानिरीक्षकसँग हुन्छ । एसपी माथिका प्रहरी अधिकारीको बढुवा र सरुवा प्रक्रिया भने प्रहरीको तालुकदार गृह मन्त्रालयले हेर्ने गर्छ ।
नेपाल प्रहरीमा रिक्त भएका पदमा झण्डै दुई सय जनाकोबढुवा रोकिएको छ। प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सम्म पद रिक्त हुँदैछन्।
एआईजी अवकाशमा जानु एक साता पहिले नै बढुवाका लागि सिफारिस गर्न सक्ने भए पनि नयाँ कार्य सम्पादन मूल्यांकन र गृहसचिव ढिलो आउनु लगाएतका कारण बढुवा ढिलो गृहमंन्त्रालय स्रोतले बताएको छ।
बढुवा समितिले नम्बर दिएर बढुवा गर्न सक्छ। एआईजी बाट बढुवा गर्दै जाँदा प्रहरीमा एकसाथ तीन सय बढी बढुवा हुनेछन्। यसअघि ३० वर्षे सेवा अवधिका कारण ९० जनाप्रहरी अधिकारीहरू भदौ १६ गते एक साथ अवकाश भएका थिए।
यस्तै त्यसअघि पनि केही पद रिक्त भएका थिए। ती पदमा अब बढुवाको बाटो खुलेको हो यसरी बढुवा हुने मा प्रहरी निरिक्षक देखि एआईजी सम्म मात्रै डेढसय जना बढुवा हुनेछन्।
एआईजीमा गुरुङ र सिंहको सम्भावना बढी—
प्रदेश समन्वय विभागका एआईजी श्यामलाल ज्ञवाली उमेरहदका कारण भदौ २६ गतेदेखि अनिवार्य अवकाशमा गएसँगै रिक्त पदमा डीआईजी मध्येबाट बढुवा हुनेछन् ।
जसका लागी सबैभन्दा बलियो सम्भावना डीआईजी बुद्धिराज गुरुङको छ। उनी हाल कार्यरत डीआईजी मध्ये वरीयतामा अगाडि छन्। गुरुङबाहेक दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला र चन्द्र कुवेर खापुङ पनि एआईजीका लागि दाबेदार हुन्। तर किरण राणा, केदार ढकाल, भरत बोहरा, राजेशनाथ बास्तोलाको भने सेवा अवधि छोटो छ।
यस्तै डीआईजीहरू जनक भट्टराई, लालमणि आचार्य, अर्जुनचन्द ठकुरी, यज्ञविनोद पोखरेल पनि प्रतिस्पर्धी हुन्।तर ठकुरी र पोखरेल छिटै नै अवकाश हुनेछन्।
चार डीआईजीका लागी चार ब्याचका एसएसपी प्रतिस्पर्धा
हाल कार्यरत एसएसपीमा सबैभन्दा सिनियर ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द हुन्। तर यस अघि पनि उनीहरू बढुवामा छुट्दै आएका छन्।
ध्रुवराज राउत २०५१ चैत ५ गते हालका प्रहरी महानिरीक्षक कुँवरकै ब्याची हुन्। तर उनी एसपीबाटै पछि परे।२०६४ साउन १ गते डीएसपी भएका उनी अरूभन्दा एक वर्षपछि २०७३ पुस १३ मा मात्रै एसपीमा बढुवा भएकाथिए।
२०७८ मंसिर ६ गते एसएसपी भएका राउत डीआईजी बढुवाका दाबेदार मध्ये पहिलो नम्बरमा छन्।
भोलाबहादुर रावल पनि २०५१ चैत ५ गते प्रहरी निरीक्षकमासेवा प्रवेश गरेका हुन्। अहिलेका एसएसपीहरूलाई उनले डीएसपी बढुवामा पछि पारेका थिए। उनी २०६३ भदौ ८ गते नै डीएसपी भइसकेका थिए।
तर यी तीनजनाका लागि सबैभन्दा चुनौती बन्ने छ राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली।अनुसन्धान विभागबाट आएको टोलीलाई यसअघि नै सिधै प्रहरी निरीक्षकमा भर्ना भइसकेको ब्याचले उछिनिसकेको छ।यसअघि रवि लामिछाने गृहमन्त्री हुँदा तीन ब्याच जुनियरलाई डीआईजी बनाएका थिए।
जुन निर्णयले यो टोलीलाई नेतृत्वसम्म पुग्नै कठिन भएको छ।तर अहिले रिक्त चार डीआईजीमा यही ब्याचको बढुवा हुने सम्भावना बलियो छ। यो ब्याचका पहिलो नम्बर एसएसपी हुन्सिद्धिविक्रम शाह। सोहीब्याचका सुशीलसिंह राठौर र उमाप्रसाद चतुर्वेदी पनि एसएसपीमा अगाडि छन्।
राष्ट्रिय अनुसन्धानको टोलीबाट आएका हिमालयकुमार श्रेष्ठ रडम्बरबहादुर विक पनि डीआईजीका दाबेदार हुन्।
त्यसपछिको वरीयतामा ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि डीआईजीको लागि प्रतिस्पर्धामा छन्।उनीहरू मध्येबाटै चारजना डीआईजीहुने सम्भावना छ।
तर २०५१ देखि २०५६ सालसम्म प्रहरी निरीक्षकमा भर्ना भएका टोली एसएसपीमा कार्यरत छन्।
१६ जना बन्नेछन् एसएसपी—
चारजना एसएसपी डीआईजीमा बढुवा भएसँगै रिक्त एसएसपीको दरबन्दी १६ पुग्ने छ। हाल १२ जना एसएसपीको दरबन्दी रिक्त रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रतिस्पर्धामा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्नाभएर पछि नेपाल प्रहरीमा आएका विमल बस्नेत देखि २०५८ सालमा भर्ना भएको टोलीसम्म छन्।
उनीबाहेक २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका ३ जना र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका १३ जना एसपी एसएसपीको प्रतिस्पर्धामा छन्।
तर २०५६ को ब्याचका एसपीहरू – गोविन्द अधिकारी,विनोद सिलवाल र विमलराज कँडेल पनि एसएसपीको प्रमुख दाबेदार हुन् । उनीहरू मध्येबाट पनि एसएसपी बढुवा हुनेसम्भावना छ। असोज १४ गतेपछि बढुवा गरिए डीआईजी यज्ञविनोद पोखरेल अवकाश हुनेछन्। एकजना एसएसपी डीआईजीमा बढुवाहुने भएकाले रिक्त एसएसपीको दरबन्दी १७ पुग्नेछ।
एसएसपीका प्रमुख दाबेदार को-को हुन् त ?
रिक्त एसएसपीका लागि सबैभन्दा बलियो दाबेदार टोली २०५८ सालमा भर्ना भएर पहिलो लटमै एसपी भएका १३ जना हुन्। यो टोलीका एसपीहरू रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शम्शेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर प्रतिस्पर्धामा छन्। उनीआफ्नै ब्याचको टोलीलाई छाडेर अघि बढेका हुन्।
यस्तै यही टोलीसँग २०५८ सालमा प्रहरी निरीक्षकमा भर्नाभएर एसपी बढुवामा बिबिध कारणले पछि पारिएका अब्बल प्रहरी अधिकृतहरू प्रभु ढकाल , होबिन्द्र बोगटी सहितको टोली पनि एसएसपीका प्रमुख दाबेदार हुन्न।उनिहरूलाई संगठनमा अब्बल कमाण्डरको रूपमा प्रहरी कर्मचारीले चिन्ने गरेको छन् ।
कुन पदमा कति खाली ?
हाल एक एआईजी र डीआईजीको एक पद खाली छ ।
त्यसरी नै हाल १२ एसएसपीको दरबन्दी खाली छ । दुई डीआईजीमा बढुवा हुँदा रिक्त दरबन्दी १४ पुग्ने छ ।त्यसरी नै १३ एसपीको दरबन्दी हाल रिक्त छ । थप १४ एसपी एसएसपीमा बढुवा हुँदा २७ एसपीको दरबन्दी रिक्त हुनेछ ।
हाल ३१ डीएसपी र ३४ प्रहरी निरीक्षकको पद रिक्त छ । डीएसपीमा भने एकसाथ ५८ जनाको बढुवा हुने छ। त्यस्तै प्रहरी निरीक्षक पनि ठूलो मात्रामा खाली हुनेछ ।
यीमध्ये ४० प्रतिशत बढुवाबाट र बाँकी ६० प्रतिशत नयाँ भर्ना गरिने छ। वरिष्ठ सई, सई र असईमा पनिक्रमश बढुवा हुनेछ।
निमित्त प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले ठूलो संख्यामा प्रहरी अधिकारीले अनिवार्य अवकाश लिएपछि रिक्त पदमा चाँडै बढुवा प्रक्रिया थालिएको समेत जानकारी दिनु भयो ।



