बिराटनगर । इलाका प्रहरी कार्यालय रानी मोरङका कार्यालय प्रमुख  ईन्सपेक्टर प्रकाश थापा उत्कृष्ट प्रहरीको रुपमा सम्मानित भएका छन्

२०८१ साल साउन महिनामा अपराध अनुसन्धान लगायत प्रहरी सेवाअन्तर्गत गर्नुपर्ने कार्यहरु उत्कृष्ट ढंगबाट सम्पादन गरे वापत ईन्सपेक्टर थापालाई कोशी प्रदेशकै उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको हो

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले इलाका प्रहरी कार्यालय रानी मोरङका ईन्सपेक्टर थापालाई प्रशंसा पत्र सहित सम्मान गरेका हुन् सम्मानित ईन्सपेक्टर थापा नेपाल प्रहरी संगठनमा अपराध अनुसन्धानको क्षेत्रमा निकै अब्बल प्रहरी अधिकृतको रुपमा परिचित छन्

ईन्सपेक्टर थापाले यो महिना कोशी प्रदेशमा के-के गरे त? 

ईन्सपेक्टर थापाले मोरङ जिल्ला कारागारमा रहेका कैदी बिरामी भएर कोशी अस्पताल विराटनगरमा उपचाररत रहेको अवस्थामा साउन १७ गते शौचालय जाने क्रममा भागेर फरार रहेको घट्नामा अहोरात्र खटि सूक्ष्म रुपमा सूचना सङ्कलन एवं खोजतलास गरी साउन २४ गते निज कैदीलाई मोरङको जहदा गाउँपालिका तारेगामा स्थित नेपालभारत सीमा नाका नजिकबाट फेला पारी नियन्त्रणमा लिन सफल भएको, लागू औषध ओसार पसारमा संलग्न २८ जनामानिस पक्राउ गर्न सफल भएको, अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउदै गरेको १४ लाख हजार सय २० रुपैया बराबरको समान बरामद गर्न सफल भएको विभिन्न मितिमा दुर्व्यसनी विरुद्ध आमाहरु कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका१६ स्थित क्यान सामुदायिक भवनमा अन्दाजी ६५० जना लागूऔषध प्रयोगकर्ताहरुलाई लागूऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरी उत्कृष्ट कार्य सम्पादन गरेका थिए

ईन्सपेक्टर थापा यसअघि मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय मनहरीमा ईन्चार्ज हुदॅा समेत प्रदेशकै उतृष्ठ प्रहरीको रूपमा सम्मानित भएका थिए ।  यस बाहेक अख्तियार दुरूपयोग अनुसंन्धान आयोग लगाएत अन्य ठॅाउमा कार्यरत रहँदा समेत आफू कार्यरत सबै प्रहरी कार्यालयहरुमा प्रभावकारी दक्ष प्रहरी अधिकृतको रुपमा पहिचान कायमगर्दै आएका छन्

कोशी प्रदेश प्रहरी कार्यालयमा आफुलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिंदा आफुमा थप उर्जा हौसला बढेको इन्स्पेक्टर थापाले बताए नेपाल प्रहरीको वर्दी आफ्नो शरीरमा रहुन्जेल वर्दीका मर्यादा प्रहरी संगठनले आफुलाई दिएको जिम्मेवारी प्रभावकारीढंगबाट पुरा गर्न मैले कुनै कसर राख्ने छैन।

इन्स्पेक्टर थापाले भने,समाजमा शान्ति सुरक्षा कायम गरी प्रभावकारी ढंगबाट प्रहरी परिचालन गर्नु, अपराध अनुसन्धान नियन्त्रण गरी आम नागरिकहरुमा शान्ति सुरक्षाको पूर्ण ग्यारेण्टी हुने ढंगबाट काम गर्नु मेरो प्रमुख कर्तव्य हो यस प्रति सदैव संवेदनशील छु

सो अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उत्कृष्ट प्रहरीअधिकृत ईन्सपेक्टर थापालाई बधाई तथा शुभकामना दिएका छन् प्रदेशमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षाकामय गर्नमा आफ्नो नेतृत्वको प्रदेश प्रहरी संगठनमा ईन्सपेक्टर थापाको भुमिका निकै प्रसंशापूर्ण रहेको डिआईजी खापुङले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय