
दाङको देउखुरी स्थित राप्ती नदीको झोलुङ्गे पुलबाट नदीको टापुमा खस्दा एक बालक घाइते भएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीया निवासी १३ वर्षिय बालक सुदन चौधरी सोही वडाको खुरुरीया स्थित राप्तीनदीको झोलुङ्गे पुलबाट डोरी लगाई दाउरा समात्नका लागि डोरीको सहायताबाट नदीमा झर्ने क्रममा डोरी चुडिएर करिव ३० मिटर तल नदीको टापुमा खस्दा ती बालक घाइते भएका हुन् ।

नदीको दायाँ बायाँ ठुलो पानीको बहाव रहेकोले टापुमा खसेका बालकलाई निस्कन गाह्रो भएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीले आइतवार दिउँसो करिब समयमा डुंगाको सहायताबाट सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझीले बताएका छन् ।
नदीमा बालक खसेको खवर सोही ठाउँका जनक चौधरीले तुरुन्तै प्रहरीलाई गराएपछि इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझी, सशस्त्र प्रहरी निरीक्षक विशाल पाण्डे र प्रहरी चौकीमसुरियाका इन्चार्ज खेमराज खनालको सक्रियता र समन्वयमा उद्धार गरिएको हो ।



