
काठमाडौं। गत वर्ष चैतमा बढुवा भएका नेपाल प्रहरीका केही एआइजीले तीन वटा महत्वपूर्ण कमाण्ड पाइसकेका छन्।
तर, एक एआइजी भने १६ महिनादेखि एउटै विभागमा छन् । एआइजी टेकबहादुर तामाङले बढुवा भएदेखि अहिलेसम्मएउटै महत्वपूर्ण कमाण्ड पाएका छैनन्।

२०८० को चैतदेखि उनी अपराध अनुसन्धान विभागमा कार्यरत छन् । गत मंगलबार सरकारले तीन एआइजीको सरुवागरेको थियो ।
जसमा तामाङलाई कुनै महत्वपूर्ण जिम्मेवारी पाउने आकलन प्रहरी अधिकारीको थियो । तर, उनको सरुवा भएन ।अपराध अनुसन्धान विभाग महत्वपूर्ण कमाण्ड मानिदैन ।
राजनीतिक नेताको ढोका नधाएकाले नै उनले अवसर नपाएको चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।
जबकी जाँचबुझ आयोगले समेत कमाण्डमा असक्षम भनेर कारबाही सिफारिस भएकी एआइजी किरण बज्राचार्यलाईसिआइबीपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व दिइएको छ ।
प्रहरीको उच्च तहमै यो तहको राजनीतिकरण छ भने तल्लो तहको अवस्था के होला ?
प्रहरीलाई सरकारले खेलौना बनाएको छ । मन लाग्दाबढुवा गर्ने र नलागे नगर्ने,’ रिक्त हुँदाहुँदै बढुवा प्रक्रियानै रोकिएकोमा असन्तुष्टि जनाउँदै एक एसएसपीआरोप लगाउँछन्, ‘सर्वसाधारणको शान्ति सुरक्षा सँग जोडिएको सुरक्षा निकायमा यति धेरै राजनीतिक खिचातानी अनुचित छ । जसलाई बढुवा गरे पनिभ्याकुम बनाउनुभएन ।
उनले समयमै गर्नुपर्ने सरुवा बढुवा नभएपछि त्यसले प्रहरीको मनोबल खस्केको समेत बताए । प्रहरीकोबढुवामा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले बढुवा समिति तथा प्रहरी मुख्यालयको भूमिका खुम्चिएकोछ ।
नेपाल प्रहरीको एआईजी, डीआईजी, एसएसपी, एसपीमात्र नभएर जुनियर अधिकृत लगाएत तल्लो दर्जाका राष्ट्रसेवक समेत बढुवामा पहुँचवालाहरुको बोलवालाहुँदा इमान्दार प्रहरी अधिकृत चरम अन्यायमा परेकाछन्।



