काठमाडौं नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान आईजीपीलाई अमेरिका गएकै बेलामानिलम्बन गर्ने योजना बनेको आरोप लगाएका छन्

बिहीबार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ इन्चार्जलाई स्वागत तथा पुरानो इन्चार्जलाई बिदाइ गर्न आयोजनागरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्

उनले पछिल्लो समय बेचन झालाई पक्राउ गरिसकेपछि एआईजी श्याम ज्ञवालीमार्फत प्रहरीमा विद्रोह गराएर वर्तमानआईजीपी बसन्त बहादुर कुँवरलाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना भएको आरोप लगाए

एआईजी ज्ञवालीलाई आईजीपी बनाएर कांग्रेसका नेताहरूलाई गिरफ्तार गर्ने सम्मका योजना बनाएको एक्स्पोजभएपछि उनलाई कांग्रेस धेरै नै रिसाएको जस्तो देखिएको उनको भनाई आईजीपी अमेरिका गएकै बेला नक्कलीभुटानी शरणार्थी प्रकरणका आरोपीमध्येका एक बेचन झा पक्राउ परेका थिए

सोही विषयले प्रहरीमा हलचल मच्चिएको थियो अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट एआईजीज्ञवालीलाई चार महिना नपुग्दै त्यहाँबाट हटाइएको उनीमाथि चेन अफ कमाण्ड नमानेको आरोप थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय