काठमाडौं गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. प्रिति मिश्रलाई कारबाही गर्ने तयारी गरेको

लामो समयसम्म कार्यालयमा अनुपस्थित भई सम्पर्कविहीन बनेपछि इन्सपेक्टर मिश्रमाथि मन्त्रालयले कारबाही प्रक्रियाअगाडी बढाएको हो सोही अनुसार इन्सपेक्टर मिश्रको नाममा मन्त्रालयले शुक्रबार दिने सूचना जारी गरेको छ।पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पतालसप्तरीमा कार्यरत थिइन् । मन्त्रालयका अनुसार उनी गत वैशाख १० गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराई बिदाबसेकोमा हालसम्म पनि सम्पर्कमा आएकी छैनन्

बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित नआएभविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने मन्त्रालयको सूचनामा उल्लेख

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय