काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाद्वारा जिल्ला प्रहरी परिसर, काठमाडौंको आज निरीक्षण भ्रमण सम्पन्न गर्नु भएको छ । बुधबार आयोजित एक कार्यक्रमकाबीच  काठमाडौ उपत्यका प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी परिसर, काठमाडौंको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिविधीको बारेमा जानकारी लिनुका साथै नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन दिनुभएको हो

निरीक्षण भ्रमणका क्रममा सम्पूर्ण शाखाहरु, हिरासत कक्ष, व्यारेक लगायतको निरीक्षण गर्नुभई यस जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी तथा मातहत प्रहरी वृत्त/ प्रभाग प्रमुखहरुलाई हालको विद्यमान सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै थप प्रभावकारी ढंगबाट सुरक्षा व्यवस्था मिलाउने, राज्यद्वारा निर्दिष्ट कानूनी मूल्य र मान्यतालाई आत्मसाथ गर्दै अपराध रहित समाज निर्माणमा जोड दिन पर्ने बताउनु भयो ।

साथै हाल देशका विभिन्न स्थानहरुमा मनसुनको प्रभावले आई परिरहेको विपदजन्य घटनाको विश्लेशण गरी तत्काल उद्दार तथा राहत बितरण कार्यको लागि २४ सैं घण्टा प्रहरी कर्मचारीलाई आवश्यक उद्दार सामाग्री सहित तयारी अवस्थामा राख्ने, भेदभाव रहित ड्यूटी अह्रन खटनको व्यवस्था गर्ने, कार्यालयबाट प्रवाह हुने सेवालाई स्वच्छ, निस्पक्ष र पीडित मैत्री बनाउने, सेवाग्राहीसँग सभ्य र शिष्ट व्यवहार गर्ने, मानव अधिकारको संरक्षण र प्रवर्धन गर्दै प्रहरी काम कारवाहीलाई अगाडि बढाउने लगायत समसामयिक विषयहरुमा आवश्यक निर्देशन दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय