काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी निरीक्षक रोहित शाही २०८३ साल असोज महिनाको ‘Best Traffic Police of the Month’ बाट सम्मानित भएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्दप्रसाद रिजालले शाहीलाई सम्मानपत्र हस्तान्तरण गर्दै सम्मानित गरेका हुन्।

ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, सडक सुरक्षा कायम राख्ने तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको भूमिका महत्त्वपूर्ण मानिन्छ। यसै सन्दर्भमा शाहीलाई प्रदान गरिएको सम्मानले ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षाका क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीलाई थप जिम्मेवार र प्रोत्साहित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना गराउने, सडकमा हुने अव्यवस्थित गतिविधि नियन्त्रण गर्ने तथा नागरिकलाई सुरक्षित यात्राका लागि सचेत गराउने कार्य ट्राफिक प्रहरीको प्रमुख जिम्मेवारी हो।

‘Best Traffic Police of the Month’ सम्मानले जिम्मेवारीप्रति समर्पित प्रहरी कर्मचारीको कामको मूल्याङ्कन गर्दै उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन गर्ने सन्देशसमेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय