काठमाडौँ । पर्साको वीरगञ्जबाट ४२ दशमलव ७२० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार वीरगञ्ज महानगरपालिका–१६ बाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका–६ का २४ वर्षीय अमित दर्जी र सोही गाउँपालिका–२ का २९ वर्षीय दीपक परियार रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हेरोइनसँगै दुई थान मोबाइलसमेत बरामद गरिएको छ ।

बरामद लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता जीवन निरौलाले जानकारी दिएका छन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय