काठमाडौं । काठमाडौं उपत्यकाको यातायात सञ्चालनमा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश प्रसाद काफ्लेले वैकल्पिक मार्गको स्थलगत निरीक्षण गरेका छन्।

एसएसपी काफ्लेले काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनका लागि व्यवस्था गरिएको कान्ति राजमार्गअन्तर्गत भट्टेडाँडा, खानीखोला, बगुवा, बगरलगायतका स्थानको स्थलगत निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा उनले उक्त मार्गमा भइरहेको सवारी आवागमनको अवस्था तथा देखिएका समस्याबारे जानकारी लिँदै यातायात सञ्चालनलाई सहज बनाउन आवश्यक निर्देशन दिएका छन्।

ट्राफिक प्रहरीले वैकल्पिक मार्गमा सवारी आवागमनलाई व्यवस्थित बनाउन तथा यात्रुलाई सहजता प्रदान गर्न आवश्यक जनशक्ति परिचालन गरी सहजीकरण गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय