काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सबैभन्दा बढी प्रभावित टिमुरे र मैलुङ क्षेत्रमा नेपाली सेनाले उद्धार कार्यलाई तीव्र बनाएको छ। धुन्चे क्षेत्रमा प्रभावित नागरिकको समेत उद्धार गरिएको सेनाले जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहीबार बिहानदेखि हेलिकप्टरमार्फत ३३६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ४५ जना विदेशी नागरिक रहेका छन्। उनीहरू विभिन्न ६ मुलुकका नागरिक भएको सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि करिब ४ हजार सैनिक परिचालन गरिएको छ। सेनाले जोखिममा रहेका नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर अभियान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय