९ भदौ, काठमाडौं । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा साउन १८ गते तीन तले पक्की घर बगेर क्षति भएपछि घटनाको प्राविधिक कारण पत्ता लगाउन विज्ञ टोलीले स्थलगत अध्ययन थालेको छ।

स्थानीय मानसिङ गुरुङको घर बगेको घटनाको अध्ययन गर्न इन्जिनियर तथा प्राविधिकसहितको टोली गत शनिबार गोरखा पुगेको थियो। टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै माटोको नमुना संकलन गरेर परीक्षणका लागि लगेको छ।

इन्जिनियरिङ एसोसिएसनको तर्फबाट अध्ययनमा खटिएका इन्जिनियर भैरव धितालका अनुसार माटोको भार वहन क्षमता परीक्षण गरिनेछ। त्यसको रिपोर्ट करिब एक साताभित्र आउने र त्यसपछि घर बग्नुको वास्तविक कारण पहिचान गर्न सहज हुने उनले बताए।

विज्ञ टोलीले घर रहेको स्थानको भौगोलिक तथा भौतिक अवस्थासहित आसपासमा परेको क्षतिको समेत अध्ययन गरिरहेको छ। घर बग्नुमा माटोको भार वहन क्षमता, जमिनको अवस्था वा अन्य प्राविधिक कारणको भूमिका रहे/नरहेकोबारे अध्ययनपछि निष्कर्ष निकालिने जनाइएको छ।

माटो परीक्षण र स्थलगत मूल्यांकनको प्रतिवेदन आएपछि घटनाको कारणबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय