जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा सञ्चालित ३ दिवसीय ‘लागुऔषध अपराध अनुसन्धान अनुशिक्षण तालिम’ सम्पन्न भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा लागुऔषध नियन्त्रण ब्यूरोद्वारा सञ्चालित तालिमको ४१औँ समूहको अनुशिक्षण कार्यक्रम मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (प्रनायमनि) ओमप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

२०८३ भदौ ३ गतेदेखि भदौ ५ गतेसम्म सञ्चालन भएको तालिममा मधेश प्रदेशअन्तर्गत विभिन्न जिल्लामा अनुसन्धानको क्षेत्रमा कार्यरत ३० जना प्रहरी अधिकृतको सहभागिता रहेको थियो।

तालिममा प्रहरी निरीक्षक १ जना, प्रहरी वरिष्ठ नायव निरीक्षक १ जना, प्रहरी नायव निरीक्षक २ जना र प्रहरी सहायक निरीक्षक २६ जना गरी कुल ३० जना प्रहरी अधिकृत सहभागी भएका थिए।

लागुऔषधसम्बन्धी अपराध अनुसन्धानलाई थप प्रभावकारी, व्यावसायिक र तथ्यपरक बनाउने उद्देश्यले आयोजित तालिममा अनुसन्धानमा आवश्यक ज्ञान, सीप तथा कार्यविधिबारे अनुशिक्षण प्रदान गरिएको जनाइएको छ।

समापन कार्यक्रममा सहभागी प्रहरी अधिकृतलाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय