
पोखरा । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
आइतबार रातिदेखि सडकमा खसेको पहिरो हटाउने काम भइरहेको तनहुँ प्रहरीले जनाएको छ। पहिरोका कारण राजमार्गको एक लेन पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार सडक खुलाउन आवश्यक उपकरणसहित निरन्तर प्रयास भइरहेको छ।




