विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले जिल्ला प्रहरी कार्यालय, मोरङको अनुगमन तथा निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा डीआईजी खनालले जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखा तथा हिरासत कक्षको अवलोकन गरेका थिए। त्यसक्रममा उनले कार्यालयको कार्यसम्पादन, प्रहरी कर्मचारीको जिम्मेवारी तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए।

डीआईजी खनालले मोरङ प्रहरी तथा मातहतका प्रहरी कार्यालयमा कार्यरत अधिकृत तथा जवानलाई अपराध रोकथाम तथा नियन्त्रण गर्दै जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए।

उनले प्रहरी कर्मचारीबीच आपसी भाइचारा, सहयोगी भावना र अनुशासित आचरण कायम गर्नुपर्नेमा जोड दिँदै आफूले पाएको काम, कर्तव्य, जिम्मेवारी तथा अधिकारको सही ढंगले पालना गर्न निर्देशन दिए। संगठनको हित र उद्देश्यलाई प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न समेत उनले आग्रह गरे।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कबित कटवालले डीआईजी खनालसहितको भ्रमण टोलीसमक्ष जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानका विषयमा प्रस्तुतीकरण गरेका थिए।

प्रस्तुतीकरणमार्फत मोरङ जिल्लामा पछिल्लो समय भएका सुरक्षा गतिविधि, अपराध नियन्त्रणका प्रयास तथा अनुसन्धानको अवस्थाबारे जानकारी गराइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय