मकवानपुर । मकवानपुर प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित एक पिकअप गाडी बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रदेश ३–०१–०२४च ४२७० नम्बरको पिकअप गाडीबाट १७२ किलो ६ सय ग्राम गाँजा बरामद गरिएको हो। हेटौँडा उपमहानगरपालिका–२ अन्तर्गत लोकप्रिय होटलको मोड नजिक, भीमफेदी गाउँपालिका–२ भैसेस्थित चेकपोइन्ट अगाडि नियमित सवारी जाँचका क्रममा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले आपचौरबाट भौसेतर्फ आउँदै गरेको पिकअप गाडीलाई रोक्न खोज्दा चालकले प्रहरी देख्नेबित्तिकै गाडी छाडेर फरार भएको थियो। त्यसपछि गरिएको खानतलासीका क्रममा गाडीभित्र लुकाइराखिएको अवस्थामा ठूलो परिमाणको गाँजा बरामद गरिएको हो।

फरार चालकको खोजी कार्य तीव्र पारिएको छ भने बरामद गरिएको गाँजा र पिकअप गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय