काठमाडौं । पर्वत समाजको पहिलो वार्षिक साधारणसभा तथा अधिवेशनले गणेश शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनबाट समाजको भावी नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो।

नयाँ कार्यसमितिमा अध्यक्षमा मोदी गाउँपालिका–२ देउपुरका गणेश शर्मा चयन भएका छन्। उपाध्यक्षमा फलेवास नगरपालिका–७ लिमिठानाका इश्वरी पन्त, महासचिवमा कुश्मा नगरपालिका–१३ का टीकाराम कार्की, कोषाध्यक्षमा फलेवास नगरपालिका–४ का सुरेन्द्र तिवारी तथा सचिवमा कुश्मा नगरपालिका–३ का अशोक पौडेल निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा मोदी गाउँपालिका वडा नं. ५ बाजुङकी बन्दना ढकाल, मोदी–७ राम्जाका प्रकाश गौतम, कुश्मा–४ का रामचन्द्र श्रेष्ठ, जलजला गाउँपालिका–४ का मनिष सुवेदी, फलेवास नगरपालिका–७ का गोपाल पौडेल, महाशिला गाउँपालिकाका भीमप्रसाद शर्मा तथा बिहानी गाउँपालिकाका प्रकाशकुमार पाण्डे चयन भएका छन्।

अधिवेशनका अवसरमा ‘पर्वत चिनारी’ पुस्तकको विमोचनसमेत गरिएको छ। पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनालाई समेटिएको उक्त पुस्तकमा विभिन्न विज्ञ तथा लेखकहरूको लेख समावेश गरिएको सम्पादन मण्डलका संयोजक देवेन्द्र लामिछानेले जानकारी दिए।

पुस्तकको विमोचन राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना र पर्वत समाजका अध्यक्ष गणेश शर्माले संयुक्त रूपमा गरेका थिए। साथै कार्यक्रममा विभिन्न चार विधामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय