
काठमाण्डौं- शनिबार बिहान काठमाडौंको ऐतिहासिक क्षेत्र वसन्तपुरस्थित कुमारीघरबाट सुरु भएको सचेतनामूलक र्याली नगरका विभिन्न भाग परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर उद्घाटन कार्यक्रम समापन भएको छ।
‘अनावश्यक हर्न बजाई ध्वनी प्रदूषण नगरौं, सभ्यताको परिचय दिउँ’ भन्ने सन्देशसहित ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को अवसरमा आयोजना गरिएको उक्त र्यालीमा सहभागीहरूले ‘ट्राफिक नियम पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऔं’ भन्ने नारासहित सचेतनामूलक प्लेकार्ड बोकेर सडकमा सहभागिता जनाएका थिए।

कार्यक्रममा प्रहरी अधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।



