धनगढी — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट दुई जनाको उम्मेदवारी दर्ता गरेको छ। बुधबार दिउँसो टीकाराम जैशी र रोजी बस्नेत सुनारले नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।

जैशी साविकको माओवादी केन्द्र पृष्ठभूमिका नेता हुन् भने सुनार साविकको एकीकृत समाजवादीकी कार्यकर्ता हुन्।

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल ६ हजार १०६ मतभार रहेको छ। यसमध्ये प्रदेश सभाका सदस्यबाट २ हजार ७५६ मतभार र स्थानीय तहबाट ३ हजार ३४४ मतभार रहेको छ।

सुदूरपश्चिम प्रदेश सभामा कुल ५२ जना मतदाता रहेका छन् भने स्थानीय तहका मतदाताको संख्या ८८ रहेको छ। यस प्रदेशमा नेकपाको कुल मतभार १ हजार ८१६ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय