विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा प्रादेशिक सुरक्षा गोष्ठी आयोजना गरिएको छ। गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने स्पष्ट पार्दै त्यसका लागि सरकारको तयारी सुरु भइसकेको बताएका छन्।

गृहमन्त्री अर्यालले भने, “तोकिएकै समयमा निर्वाचन हुन्छ, सरकारले त्यहीअनुसार तयारी गरिरहेको छ।” उनले निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गरे। साथै, राजनीतिक दलहरू समेत निर्वाचनको तयारीमा जुटिसकेको उनको भनाइ छ।

गोष्ठीमा गृहमन्त्रीसँगै गृह मन्त्रालयका उच्च अधिकारीहरू तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू तथा कोसी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरू गोष्ठीमा उपस्थित छन्।

गोष्ठीका क्रममा प्रदेशभित्रका सुरक्षा प्रमुखहरूले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, विद्यमान चुनौती, सीमा क्षेत्रको संवेदनशीलता तथा निर्वाचनका समयमा देखिन सक्ने सम्भावित जोखिमबारे विस्तृत ‘ब्रिफिङ’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। विशेषगरी भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउने विषयमा मुख्य रूपमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय