काठमाण्डौं- झापाको बिर्तामोडमा सञ्चालित दुई वटा डान्स बारमा प्रहरीले छापा मारेको छ। गएराति इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बार मा छापा मार्दै दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार गएराति साढे १२ बजे डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर नगरपालिका–२ का २३ वर्षीय संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरी जिल्ला गोलबजार–१ का २३ वर्षीय युगल चौधरी लाई पक्राउ गरिएको हो। प्रशासनले तोकेको समयलाई बेवास्ता गर्दै राति अबेरसम्म डान्स बार सञ्चालन भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। बिर्तामोड क्षेत्रमा करिब आधा दर्जन डान्स बारहरू सञ्चालनमा रहेको र ती बारहरूमा युवती राखेर सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय