चितवन, १३ पुस । नेपाल प्रहरी श्रीमती संघ, भृकुटीमण्डप काठमाडौंको आयोजनामा चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ७ स्थित आधारभूत विद्यालय सुल्तानामा अध्ययनरत विद्यार्थीहरूलाई जाडोयाम लक्षित न्यानो कपडा वितरण गरिएको छ।

आइतबार सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूलाई स्विटर र टोपी वितरण गरिएको थियो। कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा संघकी सचिव (कार्यक्रम) श्रीमती संगिता लम्सालज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीज्यू, विभिन्न सिनियर प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद चौधरीज्यू, खैरहनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मनेजर महत्तोज्यू, विद्यालयकी प्रधानाध्यापक मीरा खरेलज्यू, शिक्षक–शिक्षिकाहरू, प्रहरी कर्मचारीहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग पुर्‍याउने यस्ता कार्यक्रमले समुदाय र प्रहरीबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे। जाडोयाममा विद्यार्थीहरूलाई सहज अध्ययन वातावरण सिर्जना गर्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको संघले जनाएको छ।

नेपाल प्रहरी श्रीमती संघले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय