काठमाडौं ।वैदेशिक रोजगारीको नाममा नेपाली श्रमिक ठगिने क्रम नरोकिने देखिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालयमै प्रहरीसहितको विशेष टास्क फोर्स गठन गर्ने तयारी थालेका छन्। ठगी नियन्त्रणका लागि परम्परागत प्रशासनिक संयन्त्र प्रभावकारी नदेखिएको निष्कर्षसहित मन्त्रीले यो प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ।

नेपाल प्रहरीका पूर्व एआईजीसमेत रहेका श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा बढ्दो ठगी नियन्त्रण गर्न परम्परागत प्रशासनिक शैलीभन्दा फरक, परिणाममुखी मोडल अघि सारेका छन्। कर्मचारीभन्दा प्रहरी अनुशासित र जवाफदेही हुने धारणा राख्दै उनले मन्त्रालयमै प्रहरी टोली परिचालन गरी सुधार प्रक्रिया थाल्न खोजेका हुन् ।

पदभार ग्रहणकै दिन उनले ढिलासुस्ती र औपचारिकतामात्र सीमित सुधार स्वीकार्य नहुने कडा सन्देश दिएका थिए। कार्यदल गठनको प्रस्तावमा हस्ताक्षर नगरी स्पष्ट लक्ष्य र समयसीमासहितको ‘एक्सन प्लान’ माग्नुले उनको व्यवहारिक कार्यशैली झल्किन्छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय