ललितपुर । महालक्ष्मी नगरपालिका–१, रातामकै चोकस्थित स्वाद रेस्टुरेन्टको तेस्रो तलामा जुवा खेलिरहेको अवस्थामा १० जना व्यक्ति पक्राउ परेका छन्।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ८ लाख ७५ हजार १ सय ५० रुपैयाँ नगद सहित नियन्त्रणमा लिएको हो।

रेस्टुरेन्ट जिवन थापाले सञ्चालन गर्दै आएको बताइएको छ। प्रहरीले घटनास्थलबाट तासका पत्ता र नगद रकम सहितको प्रमाण समेत बरामद गरेको जनाएको छ।

ललितपुरका एसपी चक्रराज जोशीका  अनुसार, पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ। उहॅाले भन्नुभयो, सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १०जनालाई नियन्त्रणमा लिएको , उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाइँदैछ।

प्रहरीले जुवातास तथा अवैध क्रियाकलाप नियन्त्रणका लागि सातदोबाटो क्षेत्रमा निगरानी अझ कडा बनाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय