संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ नुमस्थित कोशी राजमार्गमा खाँदबारीबाट भोटखोला तर्फ जाँदै गरेको बोलेरो गाडी (को १ ज ३१६९) मा लागुऔषध लुकाइ राखिएको सूचनाको आधारमा प्रहरीले गरेको छापामा उल्लेखनीय सफलता हासिल गरेको छ।

प्रहरी चौकी नुमबाट प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उक्त बोलेरो गाडीलाई रोकी विस्तृत जाँच गर्ने क्रममा चालक सिटमुनि प्लास्टिकमा प्याक गरिएको अवस्थामा करिब २० ग्राम खैरो हिरोइन जस्तो देखिने लिसाइला पदार्थ फेला पारेको हो।

लागुऔषधसहित गाडी चालक भोटखोला गाउँपालिका–४ का २८ वर्षीय सुरेश तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरी निरीक्षक श्रेष्ठको संयोजन, तत्परता र सूचनाप्रतिको संवेदनशीलताले लागुऔषध नियन्त्रणमा स्थानीय स्तरमै प्रहरीको प्रतिबद्धता स्पष्ट गरेको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्। यस घटनाले संखुवासभा प्रहरीले अवैध पदार्थ नियन्त्रणमा देखाएको सक्रियता र व्यावसायिकतालाई पुनः पुष्टि गरेको टिप्पणी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय