
दाङ, असोज २५ — दाङको तुलसीपुरमा तास खेलिरहेको अवस्थामा ९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका–९, अटोभिलेजस्थित एक घरमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले शनिबार साँझ छापा मारीउनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका–७ का एक ३६ वर्षीय पुरुषसहित अन्य स्थानीय व्यक्ति छन्।
प्रहरीका अनुसार घटनास्थलबाट नगद रु ३४,६०५ र दुई बुक तास बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूविरुद्ध सार्वजनिक हित, सुरक्षा र शान्ति विपरीतको क्रियाकलाप अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जुवा वा सट्टेबाजीका गतिविधिहरूले समुदायमा सुरक्षाको चुनौती र सामाजिक अस्थिरता निम्त्याउने भएकाले प्रहरीले यस्ता कार्यविरुद्धनिगरानी बढाएको जनाएको छ।



