
काठमाडौं । सरकारले बाढीपहिरोबाट प्रभावित नभएका जिल्लाहरूलाई सार्वजनिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
शनिबारदेखि सोमबारसम्म देशभर भारी वर्षाको पूर्वानुमानसँगै सरकारले सतर्कता अपनाउन आग्रह गर्दै सार्वजनिक बिदा दिएको थियो। अविरल वर्षापछि अधिकांश जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सेवा स्थगित गरेका थिए।

तर, आइतबार गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट जारी पत्रमार्फत बाढीपहिरोको प्रत्यक्ष असर नभएका जिल्लाहरूमा नियमित सार्वजनिक सेवा सुचारु गर्न निर्देशन दिइएको हो।
पत्रमा भनिएको छ, “विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारु गर्नु गराउनु हुन निर्णयअनुसार अनुरोध छ।”




