
काठमाडौं — राजधानीस्थित सिभिल अस्पतालमा उपचाररत घाइतेलाई B Positive रगत आवश्यक परेको सूचना सार्वजनिक भएलगत्तै अधिवक्ता राधिका खतिवडा र उनका श्रीमान् नेपाल प्रहरीका डिएसपी शिवराज बुढाथोकीले संयुक्त रूपमा रक्तदान गरेका छन्।
सामाजिक सञ्जालमार्फत रगत अभाव भएको जानकारी पाएपछि खतिवडाले सम्पर्क गर्दै भनिन्, “बैनी, B Positive रगत त म र मेरो श्रीमान् दुबैको भएकाले हामी अहिले नै गएर सहयोग गर्छौं।”

त्यसपछि दम्पती सिभिल अस्पताल पुगेका थिए र आवश्यक रगत दिएर घाइतेको ज्यान बचाउन योगदान पुर्याएका छन्।
अधिवक्ता खतिवडा र डिएसपी बुढाथोकीको यो पहलले मानवता र सामाजिक उत्तरदायित्वको प्रेरक उदाहरण प्रस्तुत गरेको छ। घाइतेको जीवन रक्षा गर्नुभएको यो अमूल्य योगदानका लागि दुवैप्रति आभार व्यक्त गरिएको छ।



