काठमाडौं। नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई कार्यालयमा र कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोग गर्दा मर्यादित व्यवहार अपनाउन आग्रह गर्दै आएको सन्दर्भमा नयाँ कार्यादेश लागू गरेको छ। महानिरीक्षक दीपक थापाले स्वीकृत गरेको साइबर तथा सूचनासम्बन्धी कार्यादेश २०८२ र सूचना प्रविधि प्रणालीको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यादेश २०८२ भोलिदेखि लागू हुने भएका छन्।

यसका अनुसार अब कार्यालयभित्र र कार्यालय समयमा पोशाकमा भिडियो वा फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने कर्मचारीमाथि कडा कारबाही हुने छ। हेडक्वार्टरको प्रशासन शाखाले सबै इकाइलाई पठाएको सूचना अनुसार कार्यादेशहरू प्रहरीको इन्ट्रानेट पोर्टल र इ-लाइब्रेरीमा राखिएको छ।

नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग नियन्त्रण गर्न कदम चालेको यो निर्णय संगठनलाई आफ्नै कर्मचारीका कारण उत्पन्न विवादबाट जोगाउन तथा साइबर अपराध रोकथाममा योगदान पुर्‍याउने उद्देश्यले गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय