सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतले यस वर्ष हुने लाखे जात्रामा खुकुरी, भाला, तरबार लगायतका जोखिमपूर्ण हतियार प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ।

धार्मिक आस्थासँग जोडिएको लाखे जात्रामा विगतका वर्षहरूमा भाला, तरबार, खुकुरी प्रदर्शन गर्दा विभिन्न घटना घट्ने गरेको तथ्यलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

प्रहरीका अनुसार आयोजकसँगको छलफलपछि यस वर्षको लाखे जात्रामा जोखिमपूर्ण हतियारको सट्टा काठका सांकेतिक भाला र तरबार प्रयोग गर्ने सहमति भएको छ।

प्रहरीले जात्रामा संलग्न आयोजक, प्रदर्शक तथा सहभागी सबैलाई निषेधित हतियार प्रयोग नगर्न आग्रह गर्दै, अटेरी गरी प्रयोग गरे कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय