
स्वयम्भू — एक करोड छयालीस लाख एक हजार सात सय तेत्तीस रुपैयाँ बैंकिङ कसूर मुद्दामा फरार रहेकी सुनसरी जिल्ला, साविक धरान उपमहानगरपालिका–८ निवासी ५४ वर्षीया सुचित्रा श्रेष्ठलाई स्वयम्भू प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी हाल थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिनु भयो । वादी नेपाल सरकार रहेको उक्त मुद्दामा श्रेष्ठ लामो समयदेखि फरार थिइन्।




