काठमाण्डौं।धनुषाबाट प्रहरीले १९७.४४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको मधुवनीबाट खैरो हेरोइन खरिद गरी मधेश प्रदेशका विभिन्न जिल्लामा बिक्री–वितरण गर्ने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८३ भदौ २२ गते धनुषाको मिथिला नगरपालिका–२ बाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत बिहार राज्यको मधुवनी ठेगाना भएका २७ वर्षीय संजित कुमार राम र धनुषाको सवैला नगरपालिका–१० का २६ वर्षीय राकेश राम रहेका छन्।

उनीहरूको साथबाट १९७.४४० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट कमाण्डर राकेश कुमार यादवको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषामा बुझाइएको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय