ललितपुर । प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक (डीएसपी) वकिल बहादुर सिंह २०८३ साल श्रावण महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।

सिंहले श्रावण महिनामा आफ्नो कार्यक्षेत्रमा अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी तथा लागूऔषध नियन्त्रण, जुवातास नियन्त्रण, अनुसन्धानमा प्रविधिको प्रभावकारी प्रयोग तथा फैसला कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

शान्ति सुरक्षा तथा कानुनी शासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकमाझ शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न प्रशंसनीय कार्य गरेको मूल्यांकनका आधारमा सिंहलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

उनको कार्यसम्पादनले नेपाल प्रहरी संगठनको छवि र गरिमालाई उच्च राख्न महत्वपूर्ण योगदान पुगेको भन्दै उनको योगदानको उच्च कदर गरिएको हो।

आगामी दिनमा पनि ललितपुर जिल्लामा अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापनमा सिंहले थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय